एनआरएनएको ११औँ अधिवेशन काठमाण्डाैमा शुरु

अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडाैं | असोज ३०, २०८०

एनआरएनएको ११औँ अधिवेशन काठमाण्डाैमा शुरु

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ अधिवेशन काठमाण्डौमा शुरु भएको छ । चार दिनसम्म चल्ने अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । एनआरएनएहरुले विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने उहाँको भनाइ छ ।

 

अधिवेशनमा ५९ देशका  ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदैछन् ।  गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
 

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्